विराटनगर : काठमाडौंको शंखमुलस्थिग एक कफीसपको छतबाट खसेर नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य सरोजकुमार उपाध्यायको निधन भएको छ । नेकपा एसका अध्यक्ष माधवकुमार नेपालका भाइसमेत रहेका उनको उपचारका क्रममा शनिबार दिउँसो निधन भएको हो ।
कफीसपको छैटोँ तलाबाट खसेर गम्भीर घाइते भएको उपाध्यायको माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा निधन भएको हो ।
छतबाट लड्ने वित्तिकै उपाध्यायलाई घाइते अवस्थामा दुई युवकले सुरुमा सिभिल अस्पताल लगेका थिए । थप उपचारका लागि उपाध्यायलाई माइतीघरस्थित अन्नपूर्ण न्युरोमा लगिएको थियो ।