विराटनगर : प्रहरीले झापाको मेचीनगरबाट दुई हजार किलो सुपारी बरामद गरेको छ । शंका लागेर चेकजाँच गर्दा आवश्यक कागजात नभएको सुपारी लोड गाडीसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका– ६ स्थित दक्षिणबाट उत्तर तर्फ लैजाँदै गरेको प्र १–०२–००२ च ५४३२ नम्बरको पिकअप गाडी नियन्त्रणमा लिएको हो ।
सुपारीसहित गाडी चालक दमक नगरपालिका– १ का २८ वर्षीय मुकेश चौधरीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्र रिजालले जानकारी दिए ।
उनका अनुसार उक्त सुपारी, गाडी र चालकलाई आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय इटहरीका बुझाइएको छ ।