Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

प्रतिष्ठित उद्योगी राउत बने उदयपुर उद्योग वाणिज्य संघको अध्यक्ष



विराटनगर : उदयपुर उद्योग वाणिज्य संघको अध्यक्षमा राजेन्द्र राउत सर्वसम्मत रुपमा चयन भएका छन् । संघको १६ औं विशेष साधारणसभा तथा अधिवेशनले राउतको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

राउतलाई अध्यक्ष बनाउनका लागि त्यस क्षेत्रको सबै राजनीतिक दलको सर्वदलीय बेठकले समेत निर्णय गरेको थियो । स्थानीय उद्योगी व्यवसायीहरको विशेष पहल र अनुरोधमा राउत अध्यक्ष भएका हुन् । राउत प्रदेश १ का प्रतिष्ठित उद्योगी हुन् ।

उनी दुई पटक प्रदेश उद्योग वाणिज्य संघको उपाध्यक्ष र केन्द्रीय सदस्य भइसकेका छन् । प्रदेशको अध्यक्ष हुन कुनै पनि जिल्ला उद्योग वाणिज्य संघको अध्यक्ष हुनुपर्ने प्रावधानले गदौ अब उनलाई प्रदेश अध्यक्ष बन्ने बाटो खुल्नेछ । साथै केन्द्रको पदाधिकारी बन्न पनि उनलाई सहज हुनेछ ।

विराटनगरका राउत उदयपुरको कटारीमा पनि उद्योगीको रुपमा स्थापित छन् । त्यस क्षेत्रको विकासमा पनि उनको योगदान छ । त्यहाँका हरेक सामाजिक र संघसंस्थाका कार्यक्रममा उनले सहयोग गर्दै आएका छन् ।

कार्यसमितिको सचिवमा जिवनाथ दाहाल चयन भएका छन् । यस्तै कार्यसमितिका सदस्यहरुमा अरुण कुमार साह, महेन्द्रलाल दास, मुनाकुमारी कटुवाल, जमानसिंह वस्नेत, रामकुमार चौधरी, रुदबहादुर खत्री, द्वारिका वस्नेत, शंकरबहादुर कटुवाल, वंशिधर न्यौपाने, एकलाख हुसेन, आनन्द कुमार महासेठ, प्रताप श्रेष्ठ, शैलेस कार्की, पदमराज कायस्थ, शत्रुधन कार्की, मोहन कुमार कार्की, नुडुल हसन, दिनेश्वर साह, र निर्मला कार्की चयन भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार