विराटनगर : प्रदेश १ सरकारले बिहीबार सार्वजनिक विदा दिएको छ । बुधबार राति प्रदेशसभाले प्रदेश १ को नाम कोसी राखेपछि प्रदेशभर विदा दिइएको हो ।
मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नामकरणको खुसियालीमा विदा दिएको बताए ।
६ वटा प्रदेशले अघिल्लो कार्यकालमा नाम राख्दा प्रदेश १ ले नामकरण गर्न सकेको थिएन । तर, प्रदेशमा हिक्मतकुमार कार्की नेतृत्वको सरकार आएपछि नामकरणलाई प्राथमिकतामा राखिएको थियो ।
सरकारले केही दिनदेखि नामकरण गर्नका लागि राजनीतिक दलहरूसँग गोप्य छलफल गरेर सहमति जुटाएको हो ।
