Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

प्रदेशको नाम कोसी राख्ने प्रस्तावमा राप्रपाको समर्थन



विराटनगर : प्रदेश १ को नाम कोसी प्रदेश राख्ने प्रस्तावमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले समर्थन गरेको छ ।

कोसी प्रदेशका लागि प्रदेशसभामा जारी बोल्दै राप्रपाका प्रदेशसभा सदस्य अम्बर बहादुर बिष्टले प्रदेशको नाम कोसी राख्दा उपयुक्त हुने बताए ।

प्रदेशको नाम कोसी राख्दा सबै प्रदेशबासीको प्रतिनिधित्व हुने भन्दै बिष्टले कोसी प्रदेश साझा नाम भएको बताए ।

प्रदेशको नाम कोसी राख्न एमाले सांसद रामबहादुर मगरले प्रस्ताव गरेका थिए । उक्त प्रस्ताव प्रदेशसभाले बहुमतले पारित गरिसकेको छ। उक्त नाम पारित भएसँगै नेकपा एकीकृत समाजवादी पार्टीले प्रस्ताव गरेको किराँत-लिम्बुवान-सगरमाथा नाम बहुमतले अस्वीकृत भइसकेको छ ।

कोसी प्रदेशको पक्षमा नेकपा एमालेसहित नेपाली कांग्रेस, नेकपा माओवादी र राप्रपा रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार