विराटनगर : जिल्ला प्रशासन कार्यालय मोरङले प्रदेश १ को प्रदेशसभा सचिवालय भवन रहेको आसपासका क्षेत्र निषेधित क्षेत्र घोषणा गरेको छ ।
प्रदेशसभा नामकरणको विषय टेबल हुँदा विरोध, धर्ना, जुलुस, झडप हुने सम्भावना रहेको भन्दै उक्त क्षेत्र निषेधित घोषणा गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख तिर्थराज भट्टराईका अनुसार विराटनगरको देवकोटा चोकदेखि अस्पताल चोक र जिल्ला प्रशासन कार्यालय वरपर सुरक्षा व्यवस्था कडा पारिएको छ ।
यस्तै मुख्यमन्त्री कार्यालय र मुख्यमन्त्री निवास वरपर पनि कुनै प्रकारका विरोध, धर्ना, जुलुस, झडप हुन नदिन दिउँसो ३ बजेदेखि अर्को आदेश नआएसम्म निषेधित क्षेत्र घोषणा गरेको भट्टराईले जानकारी दिए ।
