विराटनगर : मोरङको रतुवामाई नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृतमा आउने भएका छन् । रतुवामाईको प्रशासकीय अधिकृतमा नारायण न्यौपाने आउन लागेका हुन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिवबाट न्यौपानेलाई रतुवामाई सरुवा गरिएको हो ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मंगलबार २८ जना उपसचिवहरूको पदस्थापन गरेको छ । मन्त्रालयले प्रशासन सेवा, सामान्य प्रशासन समूह, राजपत्राङ्कित द्वितीय श्रेणी, उपसचिव वा सो सरहको पदमा बढुवा नियुक्ति भएका कर्मचारीहरूलाई पदस्थापन तथा कामकाजमा खटाएको हो ।