Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

मोरङको बुढिगंगाको मोटरसाईकल दुर्घटना हुँदा दुई जनाको मृत्यु



विराटनगर : मोरङको बुढिगंगा गाउँपालिका ४ स्थित नेमुवामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

कोशी लोकमार्ग अन्तरगत नेमुवामा मोटरसाईकल दुर्घटना हुँदा चालक सप्तरी सप्तकोशी गाउँपालिका १ का १९ वर्षीय निसान चौधरी र पछाडी सवार सुनसरी रामधुनी नगरपालिका ९ का १६ वर्षीय समिर चौधरीको मृत्यु भएको हो ।

सोमबार बिहान दक्षिणबाट उत्तर तर्फ जाँदै गरेको बा ६३ प ७२७ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किदा दुवै जना गम्भीर घाइते भएका थिए ।

उनीहरुको उपचारको क्रममा विराट टिचिङ अस्पताल गंगाचौकमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय निमुवाले जनाएको छ ।

प्रहरीले घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार