काठमाडौं : नेकपा एमालेका मन्त्रीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष राजीनामा बुझाएका छन्।
साेमबार बालुवाटार पुगेर उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलसहित एमालेका ८ मन्त्रीले प्रधानमन्त्री प्रचण्डसमक्ष राजीनामा बुझाएका हुन्।
एमालेको सोमबार बसेको सचिवालय बैठकले प्रधानमन्त्रीलाई दिएकाे समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिने निर्णय गरेको थियो।