Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

पथरीमा भएको सवारी दुर्घटना कृषि प्राविधिक सिटौलाको मृत्यु



मोरङको पथरीशनिश्चरे नगरपालिका १० मा भएको सवारी दुर्घटनामा  एक जनाको मृत्यु भएको छ ।

बिहिबार साँझ डाँसखोला अगाडि भएको दुर्घटनामा बेलबारी नगरपालिकाको कृषि शाखामा कार्यरत कृषि प्राविधिक दमक नगरपालिका–४ का ३० वर्षीय विशाल सिटौलाको मृत्यु भएको हो ।

उनको उपचारको क्रममा उर्लाबारीस्थित मदन भण्डारी ट्रमा सेन्टरमा मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।मे १ च ४१७१ नम्बरको पिकअप भेनले उनी सवार मे ७ प ७५४२ नम्बरको मोटसाइकललाई ठक्कर दिएको थियो ।

भेनको ठक्करबाट गम्भीर घाइते भएका सिटौलाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । पिकअपका चालक फरार रहेकाले खोजि कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार