विराटनगर : मोरङको बेलबारीमा बुधबार बिहान यात्रुबहाक बसको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ ।
पूर्व–पश्चिम लोकमार्गअन्तर्गत बेलबारी नगरपालिका–१ मा बिहान ६ः३० बजेतिर बसको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको हो ।
दुर्घटनामा परी साइकलयात्री बेलबारी–२ का १९ वर्षीय लेखनाथ चौहानको उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा परी गम्भीर घाइते भएका चौहानको उपचारका क्रममा विराटनगरस्थित नोबेल मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उक्त अर्का साइकलयात्री बेलबारी–२ का १८ वर्षीय राम बस्नेत पनि घाइते भएका छन् । बस्नेतको नोबेल अस्पतालमै उपचार भइरहेको छ ।
प्रहरीले बससहित चालक स्याङ्जाको आँधीखोला गाउँपालिका–२ का ३८ वर्षीय नरेन्द्र दर्जीलाई नियन्त्रणमा लिएको छ ।