Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

श्रमिक नेता राई दिल्ली प्रस्थान



विराटनगर : नेपाल ट्रेड युनियन कांगे्रसका उपाध्यक्ष अजय कुमार राई भारत प्रस्थान गरेका छन् ।

भारतीय कांगे्रस आई पार्टी आबद्ध ट्रेड युनियन महासंघ ईण्डीयन नेशनल ट्रेड युनियन कांगे्रस ( ईन्टक ) को फरवरी २२ र २३ मा नँया दिल्लीमा हुने दुई दिने ३३ औ राष्ट्रिय महाधिवेशनको उद्धघाटन सत्रमा अतिथीका रुपमा सहभागि हुन उनी दिल्ली तर्फ प्रस्थान गरेका हुन् ।

७६ वर्ष अगाडि सन १९४७ मा स्थापित भारतको सबै भन्दा ठुलो सो ट्रेड युनियन महासंघको करीब तिन करोड उन्नचालीस लाख सदस्य संख्या रहेको छ भने सो संस्थाको ईन्टरनेशनल टे्रड युनियन कन्फेडेरशन संग पनि आबद्धता रहि आएको छ ।

ईन्टकमा २७ वटा फरक फरक कार्य प्रकृतिका पेशागत संघ स्तरका ट्रेड युनियनहरु आबद्ध रहेका छन् । भारतबाट करिब पाँच हजार प्रतिनिधीहरुको सहभागिता रहने सो ३३ औ महाधिवेशनको उदघाटन नया दिल्ली स्थित तालकटोरा ईण्डोर स्टेडियममा प्रमुख अतिथी कांगे्रस आई पार्टिका सभापति माननीय सांसद मल्लिकार्जुन खरगेले गर्नु हुनेछ भने विश्व स्तरका विभिन्न ट्रेड युनियन महांघका नेताहरुको पनि अतिथीका रुपमा उपस्थिती रहनेछ ।

स्मरण रहोस सो उदघाटन सत्रमा अतिथीका रुपमा अजय कुमार राईले नेपाल टे्रड युनियन कांगे्रसबाट प्रतिनिधीत्व गर्नु हुनेछ भने राई नेपाल ट्रेड युनियन कांगे्रसका उपाध्यक्षका साथै अन्र्तराष्ट्रिय स्तरको टे्रड युनियन ईन्टरनेशनल ट्रान्र्सपोर्ट वर्कस फेडेरेशन , बेलायतका विश्व कार्य समिती सदस्य पनि हुन ।

प्रतिक्रिया
सम्बन्धित समाचार