विराटनगर : आईसीसी विश्वकप लिग– २ अन्तर्गतको त्रिदेशीय एकदिवसीय अन्तराष्ट्रिय सिरिजअन्तर्गत स्कटल्याण्टविरुद्ध नेपालका सन्दीप लामिछानेले तीन विकेट लिँदै ह्याट्रिक पुरा गरेका छन् ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी खेलमा लामिछानेले तीन विकेट लिन सफल भएका हुन् ।
सन्दीपले ७.५ ओभरमा स्कटल्याण्डका पुर्व कप्तान कायल कोट्जरलाई आउट गराएर पहिलो विकेट लिएका थिए । कोट्जरले २३ बलमा २२ रन बनाएर आउट भए ।
यस्तै १३ औँ ओभरमा बलिङमा आएका सन्दीपले पाँचौ र छैटौँ बलमा लगातार दुई विकेट लिँदै ह्याट्रिक पुरा गरे । १३.५ ओभरमा जर्ज मुन्शे बोल्ड आउट भए । उनी ५० बलमा ६० रन बनाएर आउट भए ।
सन्दीपले १३ औँ ओभरको अन्तिम बलमा स्कटल्याण्टका कप्तान रिचि वेरिङ्गटनलाई शुन्य रनमा आउट गराए । जारी सिजनामा सन्दीपले १३ विकेट लिएका छन् ।
यो समाचार तयार पार्दासम्म स्कटल्याण्टले १६ ओभरको समाप्तीमा ३ विकेटको क्षतिमा एक सय रन बनाएको छ ।
तस्बीर : क्यान