विराटनगर : प्रहरीले १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा विराटनगरका एक जनालाई पक्राउ गरेको छ ।
गत फाल्गुन २ गते राति सुन्दरहरैचा नगरपालिका–३ स्थित चौरीमा ती बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा २४ वर्षीय आर्यन भन्ने महमद अहमद खानलाई प्रहरीले पक्राउ गरेको हो । खानको घर विराटनगर ८ मा रहेको छ ।
पीडित पक्षले दिएको उजुरीका आधारमा खानलाई ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।