विराटनगर : सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट रानीबाट खटिएको प्रहरी टोलीले विराटनगरबाट लागूऔषध गाँजासहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । उनीहरुलाई बिहीबार राति विराटनगर–१५ स्थित रानी बसपार्कबाट पक्राउ गरिएको हो ।
भारत अररिया दक्षिण महेश्वरीका २३ वर्षीय सुनीलकुमार साह र अररिया विसनपुरका ३९ वर्षीय प्रमोद यादवलाई पक्राउ गरेको सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी तीर्थ थापाले जानकारी दिए ।
उनका अनुसार पक्राउ परेकाको साथबाट तीन किलो गाँजा र एउटा भारतीय मोटरसाइकल पनि नियन्त्रणमा लिइएको छ ।
पक्राउ परेका दुवै जनालाई बरामद भएको गाँजा तथा नियन्त्रणमा लिएको मोटरसाइकलसहित आवश्यक अनुसन्धान र कारबाहीका लागि इलाका प्रहरी कार्यालय रानीमा बुझाइएको छ ।