Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

उर्लाबारीमा घरको छतबाट खसेर एक जना वृद्धको मृत्यु



विराटनगर : मोरङको उर्लाबारीमा घरको छतबाट खसेर एक जना वृद्धको मृत्यु भएको छ । शुक्रबार बिहान उर्लाबारी नगरपालिका–६ स्थित जनपथ चोकमा घरको छतबाट खसेर ८७ वर्षीय भीमबहादुर महराको मृत्यु भएको हो ।

महरा आफ्नै घरको छतमा घाम तापेर बसिरहेको बेला अचानक खसेरका थिए । महराको घटनास्थलमै मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी टीकाबहादुर कार्कीले जानकारी दिए ।

उनको शव पोस्टमार्टमका लागि उर्लाबारीमा रहेको मंगलबारे अस्पतालमा राखिएको छ ।

घटनाका सम्बन्धमा इलाका प्रहरी कार्यालय उर्लाबारीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार