Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

सुनसरीमा भान्जीलाई बलात्कार गरेको आरोपमा मामा पक्राउ



विराटनगर : सुनसरीको बराहक्षेत्रमा भान्जीलाई बलात्कार गरेको आरोपमा प्रहरीले मामालाई पक्राउ गरेको छ ।

१५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा २० वर्षीय युवालाई पक्राउ गरेको सुनसरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रभु ढकालले जानकारी दिए । ती युवालाई सप्तरीको कञ्चनपुरबाट पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार उनीहरु नाताले मामा भान्जी हुन् । पक्राउ परेका युवाविरुद्ध मुद्दा चलाउने तयारी भइरहेको ढकालले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार