विराटनगर : मोरङको विराटनगर महानगरपालिका १३ जतुवा नहरबाट तस्करीको अवैध सामानसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बिहीबार दिउँसो ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले सुनसरीको बर्जु गाँउपालिका ३ का ४१ वर्षीय प्रेम गुरुङलाई पक्राउ गरेको हो ।
को २ ह १६३६ नम्बरको अटोलाई चेकजाँच गर्ने क्रममा भन्सार छलेर भारतबाट नेपाल तर्फ ल्याउँदै गरेको अन्दाजी ५ लाख ३३ हजार ५ सय बराबरको कपडा बरामद गरेको प्रहरीले जनाएको छ ।
बरामद भएका सामान, अटो र पक्राउ गरेको गुरुङलाई आवश्यक कारवाहीको लागि भन्सार कार्यालय रानीमा बुझाईएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।