Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

विराटनगरबाट अवैध मेडिकल सामाग्रीसहित एक जना पक्राउ



विराटनगर : विराटनगरबाट अवैध मेडिकल सर्जिकल सामाग्रीसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले बुधबार भारतबाट नेपालतर्फ ल्याउँदै गरेको मेडिकल सामाग्रीसहित उनलाई पक्राउ गरको हो ।

प्रहरीका अनुसार को १ ह १३२५ नम्बरको सिटीमा ल्याउँदै गरेको अवैध सामाग्रीसहित सिटी चालक विराटनगर १२ का ५६ वर्षीय शिवशंकर मण्डललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक टीकाबहादुर कार्कीले जानकारी दिए ।

प्रहरीले नियन्त्रणमा लिएको उक्त सामाग्री करिब १ लाख ५० हजार मूल्य बराबरको रहेको छ ।

प्रहरीले पक्राउ परेको समाग्रीसहित मण्डललाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय इटहरी सुनसरीमा बुझाइएको जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार