विराटनगर : मोरङको लेटाङमा ट्याक्टरले किचेर सह-चालकको मृत्यु भएको छ । लेटाङ नगरपालिका–३ स्थित भित्री सडक खण्डमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को २ त ३०९९ नम्बरको ट्याक्टरले किच्दा सहचालक मिलन राईको मृत्यु भएको हो ।
ट्याक्टरले किचेर गम्भीर घाइते भएका उनको टाउकोमा चोट लागेको थियो । उनको उपचारका लागि कोसी अस्पताल विराटनगर लैजाने क्रममा बाटैमा मृत्यु भएको मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक राजकुमार काकीले जानकारी दिए ।
दुर्घटना लगत्तै इलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको प्रहरी टोलीले ट्याक्टर नियन्त्रणमा लिएको छ । चालक भने फरार छन् ।