Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

मिलापत्रपछि रिहा भए कलाकार पवन खतिवडा



विराटनगर : म्याकुरी नामले चर्चामा आएका युवा हास्य कलाकार पवन खतिवडा प्रहरी हिरासतबाट रिहा भएका छन् । पीडित पक्ष र आरोपीबीच मिलापत्र भएपछि उनलाई प्रहरीले छाडेको हो ।

मंगलबार राति मादक पदार्थ सेवन गरी मोरङको बेलबारी–४ का जीवन कार्कीलाई कुटपिट गरेको आरोपमा उनलाई ईलाका प्रहरी कार्यालय बेलबारीले पक्राउ गरेको थियो । उनीसँगै उनका साथी रमेश भण्डारीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको थियो ।

खतिवडाले बेलबारीको एक होटलमा मादक पदार्थ सेवन गरी कार्कीलाई टाउकोमा प्रहार गरेका थिए ।

कुटपिटबाट कार्की सामान्य घाइते भएका छन्।

उनीहरूलाई नियन्त्रणमा लिए पनि पीडित पक्षले उजुरी दिएको थिएन।

प्रतिक्रिया
सम्बन्धित समाचार