Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

कुशलको शतकमा नामिबियाविरुद्ध नेपालको कीर्तिमानी जीत



विराटनगर : नेपाली क्रिकेट टोलीका ओपनर कुशल भुर्तेलको शतकीय इनिङको सहयोगमा नेपालले नामिबियाविरुद्ध कीर्तिमानी जीत निकालेको छ । विश्वकप क्रिकेट लिग २ अन्तर्गत एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा नेपालले दुई विकेटको जीत निकालेको छ ।

मंगलबार त्रिवि क्रिकेट मैदानमा टस जितेर फिल्डिङ रोजेको नेपाललाई नामिबियाले दुई सय ८६ रनको लक्ष्य दिएको थियो । जवाफी ब्याटिङमा उत्रिएको नेपालले ४७.४ ओभरमा ८ विकेट गुमाएर जित निकालेको हो ।

नेपाललाई कीर्तिमानी जित दिलाउन कुशलले व्यक्तिगत ११५ रन बनाए । ११३ बलको सामना गरेका कुशलले १० चौका र चार चौका प्रहार गरेका थिए ।

यस्तै कप्तान रोहित पौडेल ७२ रन, ज्ञानेन्द्र मल्ल २५, सन्दीप जोरा २८, कुशल मल्ल ६ र दीपेन्द्रसिंह ऐरी ७ रन बनाएर पेभेलियन फर्किए । ओपनर आसिफ शेख शून्य रनमा आउट हुँदा करण केसी २० रन बनाएर अविजित रहे ।

बलिङतर्फ स्कटल्यान्डका रुबेन ट्रमपेलमानले ३ र जन निकोल लोफ्टी–एटनले २ विकेट लिए ।

टस हारेर सुरुवाती ब्याटिङ गरेको नामिबियाका लागि माइकल भान लिगेनले सर्वाधिक १ सय ३३ रन बनाए । १ सय ३७ बलको सामना गरेका लिगेनले ९ चौका र ५ छक्का प्रहार गरे ।

यस्तै कप्तान गेरहार्ड इरासमसले ५६, जेन ग्रीनले ३४ रन बनाए ।

त्यसबाहेक अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन्। बलात्कारको अभियोगमा तकरीबन ६ महिना बाहिर रहेका सन्दीप लामिछानेले पनि आजको खेलबाट मैदानमा पुनरागमन गरेका थिए।

उनले आफ्नो क्वोटाको पूरा १० ओभर बलिङ गर्दै ६६ रन खर्चेर तीन विकेट लिए। करण केसीले १० ओभरमा ६१ रन खर्चेर एक मेडनसहित सर्वाधिक पाँच विकेट लिएका थिए।

यस्तै, कुशल मल्ल र सोमपाल कामीले एक–एक विकेट लिएका थिए।

बलिङतर्फ नेपालका करण केसीले ५, सन्दीप लामिछानेले ३ तथा सोमपाल कामी र कुशल मल्लले १÷१ विकेट लिए ।

यो जितसँगै नेपाल सात देश सम्मिलित आईसीसी विश्व कप क्रिकेट लिग–२ मा २५ खेलमा २० अङ्कसहित छैटौँ स्थानमा छ । नामिबिया ३१ खेलमा ३७ अङ्क जोडेर तेस्रो स्थानमा छ ।

तस्बिरहरु : क्यान

प्रतिक्रिया
सम्बन्धित समाचार