Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

बिमाको रकम दाबी गर्न ग्यारेमा भएको गाडी जंगलमा लगेर आगजनी, एक जना पक्राउ



काठमाडौं : बर्दियामा बिमा दाबी गर्ने मनशायले एक जनाले आफ्नै गाडीमा आगजनी गरेका छन्।

आइतबार विहान २ बजे मधुबन नगरपालिका–२ का गंगापटुवाका रामु चौधरीले आफ्नै लु २ ख २०८४ नम्बरको फोर्स गाडीमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी हिक्मत बहादुर बोहराले जानकारी दिए।

चौधरीले गाडी बिग्रिएपछि माघ २० गते मर्मतको लागि ग्यारेजमा लगेका थिए। तर ममर्त खर्च बढी लाग्ने भएपछि उनले शनिबार राती छुट्टै जिपद्वारा टोचन लगाई फोर्स गाडीलाई मधुबन नगरपालिका–४ बसन्ता स्थित एकान्त जंगल एरियाको माचड भुरिगाउँ जोड्ने पक्की सड्कको पश्चिम किनारामा लगेर उक्त गाडीमा आगजनी गरेका हुन्।

आगजनी गर्ने चौधरीलाई प्रहरीले पक्राउ गरेको छ। उनी माथि अहिले अनुसन्धान भइरहेको बर्दिया प्रहरीका सूचना अधिकारी बोहराले बताए।

प्रतिक्रिया
सम्बन्धित समाचार