Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

रंगेलीबाट ६ सय ९० किलो सूर्तिसहित एक जना पक्राउ



विराटनगर : मोरङको रंगेली नगरपालिका वडा  ८ को नेपालभारत सीमावर्ती क्षेत्रबाट प्रहरीले ठूलो परिणामको सूर्ति बरामद गरेको छ ।

बुधबार बिहान इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले ६ सय ९० किलोग्राम तस्करीको सूर्ति बरामद गरेको हो ।

प्रहरीले सूर्तिसहित ३३ वर्षीय उसमान शेख मियाँलाई पक्राउ गरेको छ । प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवत्ता नवीनराज राईका अनुसार बोरामा प्याक गरेर ल्याइएको अवस्थामा अवैध सूर्ति बरामद भएको हो।

घटना सम्बन्धमा थप अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार