रतुवामाई : मोरङको उर्लाबारीमा स्कुल बसको ठक्करबाट एक जना वृद्ध पुरुषको मृत्यु भएको छ । बुधबार बिहान पूर्व-पश्चिम लोकमार्गअन्तर्गत थापा चोकमा बसले ठक्कर दिँदा उर्लाबारी – ८ का ८० वर्षीय भीमबहादुर तामाङको मृत्यु भएको हो ।
प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको पथरीशनिश्चरेस्थित पञ्चाय माध्यमिक विद्यालयको ना ६ ख ६१८२ नम्बरको बसलेठक्कर दिँदा तामाङ घाइते भएका थिए ।
बसको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा विराटनगरको नोबेल शिक्षण अस्पतालमा दिउँसो ३:३० बजेतिर मृत्यु भएको हो।
प्रहरीले स्कुल बस र चालक पथरीशनिश्चरे नगरपालिका-९ का ३० वर्षीय अनिल दंगाललाई नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय उर्लाबारीले घटनाको अनुसन्धान अघि बढाएको छ।