धनगढी । कैलालीको टीकापुरमा ०७२ साल भदौ ७ गते भएको घटनासम्बन्धी मुद्दाको पेसी आजका लागि तोकिएको छ । सर्वोच्च अदालतमा पटक–पटक तोकिएको यसअघिका पेसी सारिएको थियो ।
सो मुद्दामा कैलाली जिल्ला अदालतले ११ र उच्च अदालतले आठजनालाई जन्मकैदको फैसला सुनाएको थियो । त्यसपछि रेशम चौधरी पक्षका कानुन व्यवसायीले सर्वोच्चमा पुनरावेदन निवेदन दिएका थिए ।