Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

धनुषामा हिरासतको पर्खाल तोडेर ६ कैदी फरार



विराटनगर : धनुषाको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगर हिरासतको पर्खाल तोडेर ६ जना फरार भएका छन् । उनीहरु आइतबार राति पर्खाल तोडेर भागेका हुन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक विश्वराज खड्काका अनुसार हिरासतमा रहेका ७ जना थुनुवामध्ये ६ जना फरार भएका हुन् । उनीहरु लागुऔषध, हातहतियार र अभद्र व्यवहारको मुद्धामा जेल चलान भएका थिए ।

प्रहरीले फरार थुनुवाहरुको खोजी कार्य तिव्र पारेको जानकारी दिएको छ । हिरासतमा रहेको पुरानो भवनको शौचालयको कमजोर भाग तोडेर उनीहरु फरार भएका हुन् ।

खड्काका अनुसार लागुऔषध मुद्दाका आरोपित विनोद कुमार शर्मा, सार्वजनिक अपराध मुद्दाका आरोपित अमित मण्डल, रोशन यादव, अभद्र व्यवहार मुद्दाका आरोपित हसिम सिंह, रोशन महतो र हातहतियार मुद्दा आरोपित रोशन महतो र शंकर सिंह फरार भएका हुन् ।

थुनुवा फरार घटनाको छानविनकालागि समिति गठन गरिने र फरारहरुको खोजि गर्न विशेष टोली खटाइएको खडकाले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार