Online Nepal
शुक्रबार, कार्तिक ७ २०८३

टिकट नकाटेका दर्शकलाई कार्यक्रम स्थलभित्र छिर्न नदिँदा झडप, तीन जनाको अवस्था गम्भीर



विराटनगर : चर्चित गायक प्रमोद खरेल सहभागी धनकुटा महोत्सवमा अत्याधिक भीड हुँदा च्यापिएर दर्जनबढी घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ ।

महोत्सवमा टिकट नकाटी कार्यक्रमस्थल प्रवेश गर्न खोज्नेलाई आयोजक पक्षले गेटमा रोक्न खोजेपछि झडप भएको बताइएको छ । झडपपछि भागदौड मच्चिँदा महोत्सव हेर्न आएका दर्जनबढी दर्शक च्यापिएर घाइते भएका हुन् ।

उनीहरुको बिपी कोइराला विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ । धनकुटा अस्पतालमा उपचार हुन नसकेपछि धरान ल्याइएको हो ।

प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायव महानिरीक्षक श्याम लाल ज्ञवालीले च्यापिएर ३ जनाभन्दा बढी गम्भीर घाइते भएको सूचना प्राप्त भएको जानकारी दिए । उनले भने, ‘घटनाको सम्पूर्ण विवरण आइसकेको छैन्, अहिलेसम्म तीन जनाको अवस्था गम्भीर रहेको सूचना प्राप्त भएको छ ।’

प्रतिक्रिया
सम्बन्धित समाचार