विराटनगर : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई गृहमन्त्रीको जिम्मेवारी दिइएको छ ।
शुक्रबार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका रवि लामिछानेलाई सर्वोच्च अदालतले नागरिकता प्रकरणमा दोषी ठहर गरेपछि उनले गृहमन्त्रीबाट राजीनामा दिएपछि राष्ट्रपति कार्यालयले प्रचण्डलाई गृहमन्त्रीको जिम्मेवारी दिएको हो ।
अदालतको फैसलाबमोजिम लामिछानेको वैधानिक नागरिकता नभएकाले चुनाव जिते पनि सांसद पद खारेज गरिदिएपछि उनले शुक्रबारै प्रधानमन्त्री प्रचण्डसमक्ष गृहमन्त्री पदबाट राजीनामा दिएको पत्र बुझाएका थिए ।
राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गर्दै लामिछानेले नेपालको संविधानको धारा ७७ को उपधारा २ को खण्ड क बमोजिम मन्त्री पदबाट राजीनामा दिएपछि प्रधानमन्त्रीको सिफारिसमा गृहमन्त्रालयको कार्यभार प्रचण्डलाई तोकिकएको जनाइएको छ ।
