Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

समयमै गल्ती स्विकार्नु !


  • Purbeli Press
  • शनिबार, माघ १४ २०७९


तिमी
आफूले आफैंलाई एकदम
जान्ने हूँ भन्थ्यौ
तर,
तिमिले उतिबेलै
अलिकति पनि होस् नगुमाएको भए
अलिकति थोरै बुद्धि र विवेकको प्रयोग
अनि
मैमत्तामा नहराएको भए
पहिल्यै गल्ती स्विकारेको भए
सायद
आज यो दिन आउने थिएन् ।।

यसमा तिम्रो मात्रै दोष त
पक्कै पनि छैन्
तिमीलाई यहाँसम्म खुट्टा टेक्न दिने
ती निकम्माहरु
तिमीभन्दा ज्यादा दोषी छन्
उनीहरूले पनि तिमीले जस्तै
विवेक गुमाए ।।।

उतिबेला
तिमीले सानो गल्ती गर्यौ
तिमी त्यसबेला नै
सच्चिएर अगाडि बढ्नुपर्ने थियोे
त्यसो गर्न नसक्दा आज
उच्च ओहदामा पुगेर पनि
तिमी
गर्ल्यामगुर्लुङ भुईमा बजारिन पुग्यौं
अब फेरि,
त्यस्तो होस्
नगुमाउनु तिमीले
पटक्कै नगुमाउनु
विवेक पुर्याएर काम गर्नु
गल्ती स्विकार्नु
अनि
फेरि नयाँ उर्जाका साथ अगाडि बढ्नु
शुभकामना छ तिमीलाई !!!!

प्रतिक्रिया
सम्बन्धित समाचार