विराटनगर : नेपाल प्रहरीको प्रवक्तामा प्रहरी नायब महानिरीक्षक (डिआइजी) पोषराज पोखरेल नियुक्त भएका छन् ।
सोमबार प्रहरी प्रधान कार्यालयले पोखरेललाई केन्द्रीय प्रवक्ताको जिम्मेवारी दिएको हो । उनी यसअघि प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहको सचिवालयमा कार्यरत रहेका थिए ।
नेपाल प्रहरीको प्रवक्तामा यसअघि टेकप्रसाद राई थिए । उनको लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुर सरुवा भएको छ ।