Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

‘प्रधानमन्त्री कप महिला टी–२०’ को उपाधि सुदूरपश्चिमलाई



इटहरी । प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको उपाधि सुदूरपश्चिम प्रदेशले जितेको छ ।
शनिबार इटहरीमा सम्पन्न फाइनलमा घरेलु टोली प्रदेश १ लाई ६ विकेटले हराउँदै सुदूरपश्चिमले उपाधि जितेको हो।
इटहरीको जनता मावि क्रिकेट मैदानमा प्रदेश १ ले दिएको १०२ रनको लक्ष्य सुदूरपश्चिमले इनिङ्सको १ बल अगावै पूरा गरेको हो । सुदूरपश्चिमलाई जितका लागि अन्तिम ओभरमा ८ रन आवश्यक थियो । प्रदेश १ कि कप्तान रुविना क्षेत्रीलाई अन्तिम ओभरको दोस्रो बलमा कविता कुँवरले छक्का प्रहार गरेपछि सुदूरपश्चिमले जितेको हो ।
सुरुवात राम्रो गनै नसकेको सुदूरपश्चिमको इनिङ्स मध्यक्रमका सम्झना खड्का र डली भट्टले संहालेका थिए । सम्झनाले ३३ बलमा २ चौकासहित अविजित २७ रन बनाउँदा डलीले १६ बलमा १ चौका र २ छक्कासहित विष्फोटक २२ रनको योगदान गरिन् । कविता १९ रनमा अविजित रहिन् । बलिङमा सवनम राई, हिरनमई रोय, रुविना क्षेत्री र संगीता राईले १–१ विकेट लिए ।
त्यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको प्रदेश १ ले २० ओभरमा ५ विकेट गुमाएर १०१ रनको योगफल खडा गरेको थियो । ओपनर काजल श्रेष्ठ र कप्तान रुविनाले ३६ रनको सुरुवाती साझेदारी गरेका थिए । रुविना १४ रन बनाएर आउट भएपछि आएकी अप्सरी बेगमसँग मिलेर काजलले दोस्रो विकेटका लागि ३९ रनको साझेदारी गरिन । अप्सरी १५ रन बनाएर आउट भइन्।

प्रतिक्रिया
सम्बन्धित समाचार