Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

‘महिला हिंसा न्यून गरी विभिन्न तहमा समानता कायम गर्न पहल गर्छु’- मन्त्री चौधरी



????????? ?????,????????? ??? ??????? ????????????? ????? ?????? ???????? ??????????? ????? ????? ?????????? ? ?????? : ????????? ????????/????

काठमाडौ‌ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले पदभार ग्रहण गर्दै  हिंसा न्यून गर्न पहल गरी विभिन्न तह र तप्कामा समानता कायम गर्न पहल गर्ने बताएकी छिन् ।
मन्त्रालयमा न्यून काम हुन्छ भन्ने दृष्टिकोणलाई परिवर्तन गरी मन्त्रालयदे दिने सेवा प्रवाहलाइ सहज बनाउने उनको भनाइ थियो । ‘मुलुकको आधाभन्दा बढी जनसङ्ख्या महिला भए पनि सहभागिता न्यून रहेकाले सहभागितालाई नीतिगत व्यवस्था गरी स्थानीय सरकारबाट कार्यान्वयनमा जोड दिनेछु । महिला हिंसा न्यूनीकरण गर्न पहल गर्नेछु ।’ उनले भनिन् । राज्यले दिने सेवासुविधा, वृद्धभत्तालाई निरन्तरता दिई ज्येष्ठ नागरिकका ज्ञान, सीप र अनुभवलाई सामाजिक तथा धार्मिक विकासका कार्यमा उपयोग गरी उनीहरुको जीवनयापनलाई सहज, सुरक्षित र मर्यादित बनाउन अघि बढ्ने उनले प्रतिबद्धता जनाइन् ।
पदभार ग्रहणपश्चात् मन्त्री चौधरीले राष्ट्रिय ज्येष्ठ नागरिक नीतिको प्रारम्भिक मस्यौदा सरोकारवालासँग छलफल गरी अन्तिमरुप दिन समिति गठन गरी कार्य अघि बढाउने पहिलो निर्णय गरेकी छिन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार