Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

विमान दुर्घटना : दुई जनाको जीवितै उद्धार तर अवस्था गम्भीर



पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाबाट दुई जनालाई जीवितै उद्धार गरिएकाे छ।

बीबीसी नेपाली सेवाका अनुसार आइतबार बिहान भएकाे दुर्घटनाग्रस्त विमानबाट दुई जनालाई जीवितै उद्धार गरेर अस्पताल पठाइएको छ। तर उनीहरूको अवस्था गम्भीर रहेको छ।

काठमाडौँबाट पोखराका लागि उडेको यती एयरलाइन्सको विमान आइतबार बिहान पोखरामा दुर्घटनाग्रस्त भएको थियो। विमानमा चालक दलका चारसहित ७२ यात्रु सवार रहेका थिए।

दुर्घटनास्थलबाट हालसम्म २९ जनाको शव निकालिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। घटनास्थलमा उद्धार कार्य जारी छ।

प्रतिक्रिया
सम्बन्धित समाचार