Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

पोखरा विमान दुर्घटना: ३० जनाको शव निकालियो, उद्धार जारी



काठमाडौं : आइतबार बिहान पोखरामा यति एयरलाइन्सको जहाज दुर्घटनामा हुँदा कम्तीमा ३० जनाको मृत्यु भएको छ। कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीका अनुसार अहिलेसम्म ३० जनाको शव फेला परिसकेको छ।

अहिले शव संकलनको काम भइरहेको छ। जहाजमा ४ जना चालक दलका सदस्य र ६८ जना यात्रु सवार थिए। पोखरा विमानस्थलमा अवतरणका क्रममा दुर्घटनामा परेको जहाजमा ठूलो आगो लागेको छ।

पोखरा-१५ नयाँ गाउँमा जहाज दुर्घटनामा परेको स्थानीयले बताएका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार