Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

दमकमा आगलागी हुँदा ९ पसल जलेर नष्ट



विराटनगर : झापाको दमक नगरपालिका ६ स्थित नमुना बजारमा आगलागी हुँदा ९ वटा पसल जलेर नष्ट भएको छ । आगलागीमा परी लाखौँ मूल्य बराबरको क्षति भएको जनाइएको छ ।

आइतबार बिहान करिब २ बजेतिर अचानक आगलागी हुँदा पसलका सम्पूर्ण सामान जलेर नष्ट भएका हुन्।

आगलागीबाट जुत्ता–चप्पल व्यवसायी राज श्रेष्ठको पसलसहित नौ पसलका सम्पूर्ण सामान नष्ट भएको उनले बताए। आगलागी कसरी भयो, कारण खुल्न सकेको छैन।

आगलागी विद्युत् सर्ट भई लागेको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको इलाका प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी नायब उपरीक्षक दिलीप गिरीले बताए। क्षतिको विवरण संकलन गर्ने कार्य भइरहेको उनले जानकारी दिए।

आगलागी दमकसहित कमल, गौरादह, कानेपोखरीलगायतका वारुणयन्त्र, प्रहरी तथा स्थानीयको प्रयासमा करिब तीन घण्टापछि नियन्त्रणमा आएको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार