विराटनगर : धनकुटाको छथरजोरपाटी गाउँपालिकास्थित सिधुवा बजारमा भीषण आगलागी हुँद चार घर जलेर नष्ट भएको छ।
तेह्रथुमको वसन्तपुरबाट घटनास्थलमा दमकल पुगिसकेकोले आगो नियन्त्रण उन्मुख रहेको र आगो निभाउनका लागि धनकुटाबाट थप प्रहरी गइरहेको जिल्ला प्रहरी प्रमुख एसपी लक्ष्मीराज अधिकारीले जनाए ।
आगलागीको कारण भने खुल्न सकेको छैन। आगलागी भएको क्षेत्रका अधिकांश काठका घर रहेका छन्। सिँधुवा बजारको मुख्य चोकमा रहेको काउलीको स्तम्भ भए नजिकैको घरबाट आगलागी सुरु भएको थियो।