Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

अख्तियारका आयुक्त नै भ्रष्टाचारमा दाेषी ठहर

घुस लिने र दिने दुवैलाई ३ वर्ष कैद र ३९ लाख जरिवाना



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठक र नेपाल इन्जिनियरिङ कलेजका तत्कालीन अध्यक्ष लम्बोदर न्यौपानेले भ्रष्टाचार गरेको ठहरसहित विशेष अदालतले ३ वर्ष कैदको फैसला सुनाएको छ ।
विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, सदस्य यमुना भट्टराई र बलभद्र बास्तोलाको संयुक्त इजलासले पाठक र न्यौपानेलाई ३ वर्ष कैद तथा जनही ३९ लाख जरिवानाको फैसला गरेको हो ।
कलेजको मुद्दा मिलाउन भनेर अख्तियारका तत्कालीन आयुक्त पाठकले न्यौपानेसँग घुस लिएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार