Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

सन्दीप लामिछाने धरौटीमा रिहा



नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कपतान सन्दीप लामिछानेलाई धरौटीमा छाड्न उच्च अदालत पाटनले आदेश दिएको छ।

अदालतले लामिछानेलाई २० लाख धरौटीमा छाड्न आदेश दिएको हो । नाबालिगलाई बलात्कार गरेको आरोपमा असोज २० गते प्रहरीले त्रिभुवन विमानस्थलबाट लामिछानेलाई नियन्त्रणमा लिएको थियो।

न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको इजलासले जिल्ला अदालतको आदेश उल्ट्याउँदै सन्दीपलाई रिहा गर्न आदेश दिएको हो ।

जिल्ला अदालतको आदेशविरुद्ध सन्दीपले उच्च अदालत पाटनमा पुनरावेदन गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार