विराटनगर : नेपाल प्रहरीका १७ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) हरूको काज सरुवा भएको छ। प्रहरी प्रधान कार्यालयले बिहीबार १७ डीआईजीहरूको काज सरुवा गरेको हो।
प्रदेश १ प्रहरी कार्यालय विराटनगरको नेतृत्व श्यामलाल ज्ञवालीले पाएका छन्। प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत डीआईजी वसन्तबहादुर कुँवरले मधेस प्रदेश प्रहरी कार्यालयको जिम्मेवारी पाएका छन्।
मधेश प्रहरी प्रमुख मसाउद आलम खाँलाई उपत्यका प्रहरी कार्यालय, रानीपोखरी ल्याइएको छ। गण्डकी प्रदेशमा बुद्धिराज गुरुङको काज सरुवा भएको छ। प्रहरी प्रधान कार्यालयमा कार्यरत दीपक थापाको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडामा काज सरुवा भएको छ।
त्यस्तै अशोक सिंहलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीमा खटाइएको छ। प्रहरी प्रवक्ता टेकप्रसाद राईले लुम्बिनी प्रदेशको प्रहरी प्रमुखको जिम्मेवारी पाएका छन्।


