सांकेतिक तस्बिर
विराटनगर : मोरङ प्रहरीले विराटनगरबाट स्रोत नखुलेको ७ लाखभन्दा बढी नेपाली रुपैयाँसहित एक जनालाई पक्राउ गरेको हो । बुधबार बेलुका प्रहरीले ७ लाख ९ हजार रूपैयाँसहित विराटनगर महानगरपालिका–१८ का ३६ वर्षीय रविप्रकाश साहलाई पक्राउ गरेको हो ।
साहलाई विराटनगर–७ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका साहको साथबाट को २४ प ७९८४ नम्बरको मोटरसाइकसमेत नियन्त्रण गरेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए ।
शंका लागेपछि प्रहरीले खानतलासी गर्दा स्रोत नखुलेको नगद फेला पारेको हो । प्रहरीले उनको साथबाट विभिन्न बैंकका १४ वटा एटीएम कार्ड र ९ थान चेक पनि फेला परेको छ ।
साहलाई नियन्त्रणमा लिए थप अनुसन्धान सुरु भइरहेको प्रहरीले जनाएको छ ।