Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

सभामुखको निर्वाचन माघ ५ मा हुने



काठमाडाैँ : प्रतिनिधिसभाको सभामुख चयनको निर्वाचन माघ ५ गते हुने भएको छ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा ज्येष्ठ सदस्य पशुपतिशमशेर राणाले आउँदो माघ ५ गते बिहीबार सभामुख पदको निर्वाचन हुने जानकारी दिएका हुन्।

यसका लागि ३ माघमा सभामुख पदको निर्वाचन सूचना प्रकाशित गर्न संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमलाई उनले निर्देशन पनि दिएका छन्। साथै ५ माघ बिहीबार बिहान ११ बजे प्रतिनिधिसभा बैठक बस्नेगरी स्थगित गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार