Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

प्रदेश १ मा सभामुखको निर्वाचन कार्यतालिका सार्वजनिक, आज उम्मेदवारी दर्ता



विराटनगर : प्रदेश १ मा सभामुखको निर्वाचनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ । मंगलबार बसको प्रदेशसभाको दोस्रो बैठकले पुस २८ गते निर्वाचनका लागि मिति तोकेपछि प्रदेशसभा सचिवालयले कार्यतालिका सार्वजनिक गरेका हो ।

कार्यतालिका अनुसार सभामुखका लागि आज दिउँसो ३ बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता हुनेछ । मनोनय दर्तापछि दाबीविरोध र उम्मेदवारी फिर्ताका लागि समय दिइएको कार्यतालिकामा उल्लेख छ ।

उम्मेदवारको अन्तिम नामावली साँझ ७ बजे प्रकाशन गर्ने कार्यतालिकामा उल्लेख छ । प्रदेशको सभामुखका लागि पुस २८ गते बिहान ११ बजे निर्वाचन हुने कार्यतालिकामा उल्लेख गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार