काठमाडौं : कैलाली जिल्ला समन्वय समिति (जिसस) प्रमुख पदम कलेलको निधन भएको छ ।
जिसस प्रमुख कलेलको शनिबार उपचारका क्रममा काठमाडौंको वीर अस्पततालमा निधन भएको हो । कैलाली जिल्ला समन्वय समितिका सूचना अधिकारी विमलप्रकाश जोशीका अनुसार कलेलको मिर्गौैला र कलेजोमा समस्या देखिएको थियो ।
समन्वय प्रमुख कलेल विभिन्न समन्वयात्मक काम गर्न काठमाडौं पुगेका थिए । बिरामी भएपछि कलेललाई वीर अस्पताल भर्ना गरिएको थियो । कलेल गौरीगंगा नगरपालिका वडा नम्बर ८ बाट वडा सदस्यमा विजयी भएका थिए ।