विराटनगर : विराटनगरमा साथीको घरमा पाहुना आएका २१ वर्षीय युवकको मृत्यु भएको छ । सोमबार राति विराटनगर–१३ का शौरव यादवको मृत्यु भएको हो ।
उनी विराटनगर ४ स्थित अनोज चौधरीको घर आएका थिए । साथीको घर आएका उनको अचानक बेहोस भएपछि उपचारका लागि विराट नर्सिङ होम लगिएको थियो । प्रहरीका अनुसार उनको बेलुका ८ बजे मृत्यु भएको हो ।
यादव लागूऔषधका सेवनकर्ता रहेको प्रहरीले दावी गर्दै आएपनि मृत्युको कारण भने खुल्न बाँकी छ ।