Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

विराटनगरबाट स्कुटर चोरी गर्ने एक जना पक्राउ



विराटनगर : स्कुटर चोरी गर्ने एकजनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको विराटनगर महानगरपालिका – ८ बस्ने २० वर्षीय सतिस मुखिया रहेका छन् ।

गत विहिबार राती विराटनगर महानगरपालिका – ८ स्थित मधुमारामा प्रदेश नं ०१–०२–००५१ प १०२७ नम्बरको स्कुटर चोरी गरी पाटपूर्जा खोल्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले चोरीको स्कुटर, खोलेको स्कुटर र मोटरसाईकलको पार्टसहरूसहित पक्राउ गरिएको हो । उनलाई पक्राउ गरी सम्मानित मोरङ जिल्ला अदालतबाट चोरी कसूरमा अनुसन्धान भई रहेको प्रहरीले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार