File Photo
विराटनगर : मोरङको रंगेली नगरपालिका -१ स्थित मनोज राजवंशीको घरबाट प्रहरीले ३०० किलो गाँजा बरामद गरेको छ । आइतबार दिउँसो प्रहरीले गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा ४२ वर्षीय मनोज राजवंशी र धनकुटाको शहीदभूमि गाउँपालिका–२ का २९ वर्षीय हस्त राई रहेका छन् ।
मोरङ प्रहरीका प्रमुख एसपी शान्तिराज कोइरालाका अनुसार विशेष सूचनाका आधारमा खानतलासी गर्दा घर वरिपरि विभिन्न स्थानमा लुकाइराखेको अवस्थामा ३ सय किलो गाँजा बरामद भएको हो ।
प्रहरीले उनीहरुले प्रयोग गर्दै आएको प्रदेश १–०२–०५० प २७९२ नम्बरको मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।