विराटनगर : विराटनगर भन्सार कार्यालय र मोरङ प्रहरीले विराटनगरको एक गोदामबाट ठुलो परिमाणको तस्करीको कपडा बदामद गरेको छ । शुक्रबार दिउँसो विराटनगर – ७ महावीर रोडस्थित अनिल साहको गोदाममा छापा हानेर कपडा बरामद गरिएको हो ।
साहले भारतदेखि अवैध रूपमा तस्करीको कपडा ल्याएर विराटनगर ७ महावीर रोडस्थित मुकुन्द बस्नेतको घरको दोस्रो तलामा लुकाएर कपडा राख्ने गरेको प्रहरीको भनाई छ । सुनसरी र मोरङका क्यारिङ्गमार्फत उनले तस्करीको कपडा ल्याउने गरेको प्रहरीले बताएको छ ।
उनले सोही स्थानमा कपडाको होलसेल पसलसमेत सञ्चालन गर्दै आएका छन् । विराटनगर भन्सार कार्यालयका प्रमुख तारानाथ सापकोटाका अनुसार गोदामबाट बरामद भएको कपडा भन्सार कार्यालयमा लगिएको छ ।
विशेष सूचनाका आधारमा कपडा गोदाममा छापा मार्दा दुई गाडी कपडा बरामद गरेको सापकोटाले बताए ।