विराटनगर : २४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा मोरङको बेलबारी नगरपालिकाका कार्यपालिका सदस्य पुर्पक्षका लागि जेल चलान भएका छन् । स्टाफ नर्ससमेत रहेकी महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बेलबारी २ का २६ वर्षीय विजय तोलांगी बिहीबार पुर्पक्षका लागि जेल चलान भएका हुन् ।
जिल्ला अदालत मोरङका न्यायाधीश मोहन सुवेदीको इजलासले तोलांगीलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको मोरङ अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए ।
आरोपित तोलांगी नेपाली कांग्रेसका तर्फबाट बेलबारी नगर कार्यपालिका सदस्यमा निर्वांचित भएका थिए । उनी नेपाली काग्रेसका महाधिवेशन प्रतिनिधिसमेत हुन् ।
पीडित पक्षले तोलांगीविरुद्ध साउन २१ गते इलाका प्रहरी कार्यालयमा उजुरी दिएपछि उनी फरार थिए । विराटनगरको एक अस्पतालमा काम गर्दै आएकी युवतीइलाई गत साउन १८ गते मोरङको केराबारी गाउँपालिका वडा नम्बर २ मा रहेको सिंहदेवी जेफालेमा लगेर करणी गरेको तोलांगीमाथि आरोप छ ।