काठमाडौं / सत्ता साझेदार दलहरुको बैठक सुरु भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल पुष्पकमल दाहाल प्रचण्डको सरकारी निवास बालुवाटारमा शक्ति बाँडफाँड र सरकारको न्यूनतम साझा कार्यक्रमबारे छलफल गर्न बैठक बस्न लागेको हो।
बैठकमा सत्ता साझेदार सातै दलका अध्यक्ष वा प्रतिनिधि सहभागी छन्। प्रचण्ड प्रधानमन्त्री भएकै दिन सातजना मन्त्री नियुक्त भए पनि मन्त्रिपरिषदले पूर्णता पाउन बाँकी छ।